नेप्सेमा दुई कम्पनीको ७७ लाख ५१ हजार कित्ता शेयर सूचीकरण

0
Shares

नेपाल स्टक एक्सचेन्जमा मंगलबार ७७ लाख ५१ हजार ६६५ कित्ता शेयर सूचीकृत भएको छ ।

एनएमबि माइक्रोफाइनान्सको बोनस र एसियनको लाइफ इन्सुरेन्सको हकप्रद शेयर सूचीकृत भएको हो ।

नेप्सेले एनएमबि माइक्रोफाइनान्सको २ लाख ११ हजार ३१२ कित्ता बोनस शेयर सूचीकरण गरेको हो । माइक्रोफाइनान्सले गत वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस वितरण गरेको थियो ।

यस्तै, एसियन लाइफ इन्सुरेन्सको ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद पनि नेप्सेमा सूचीकृत भएको छ । इन्सुरेन्सले गत चैत वैशाखमा २९ गतेसम्म १ः०.६ अनुपातमा हकप्रद बिक्री गरेको थियो ।