एनएमबि माइक्रोले १५० तथा लुम्बिनी जनरलले २० प्रतिशत हकप्रद बिक्री गर्ने

0
Shares

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले १५० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । त्यस्तै लुम्बिनी जनरल इन्स्योरेन्स पनि २० प्रतिशत हकप्रद बिक्री गर्ने अनुमित लिन बोर्ड पुगेको छ ।

एनएमबि माइक्रोफाइनान्स कम्पनीले १ः१.५ अनुपातमा २४ लाख ३० हजार ९३ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । हाल कम्पनीको १६ करोड २० लाख ६ हजार रुपैयाँ चुक्ता पुँजी छ । १५० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्तापूँजी ४० करोड ५० लाख ६९ हजार रुपैयाँ पुग्नेछ । सनराइज क्यापिटल बिक्री प्रन्बधक छ ।

लुम्बिनी जनरल इन्योरेन्सले १०ः२ अनुपातमा १७ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । हाल यसको चुक्ता पुँजी ८८ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ । जसको बिक्री प्रबन्धकमा सीबीआइएल क्यापिटल रहेको छ ।