एलआइसी नेपालको ७० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले घोषणा गरेको ७० प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार (साउन ८ गते) अन्तिम दिन हो ।

कम्पनीले साउन २४ गते वार्षिक साधारण सभा गर्न बिहीबार (साउन ९ गते) देखि बुक क्लोज गर्दैछ । यसर्थ, बुधबारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट ३४.४६ प्रतिशत बोनस शेयर र ३५.५४ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ पुग्नेछ ।