ग्लोबल आइएमई लघुवित्तको नाफामा उच्च सुधार, शतप्रतिशत हकप्रद बिक्री गर्दै

0
Shares

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको

कम्पनीको नाफा अघिल्लो वर्षको भन्दा ३३३ प्रतिशत धेरै हो । गत वर्ष कम्पनीले यस अवधिमा १ करोड ५७ लाख रुपैयाँ मात्र खुद नाफा गरेको थियो ।
ग्लोबलको चुक्ता पुँजी एघार करोड रुपैयाँ छ । शतप्रतिशत हकप्रद बिक्री गर्न लागेको कम्पनीले संस्थापकबाट ७ करोड ७४ लाख चुक्ता गरिसकेको छ । यो समेत गर्दा कम्पनीको चुक्तापूँजी ७० प्रतिशतले बढेर १८ करोड ७ड लाख पुगेको छ ।

कम्पनीले रिजर्भ कोषमा ८ करोड २८ लाख ४१ हजार रुपैयाँ राखेको छ । जुन अघिल्लो वर्षको तुलनामा ४३६ प्रतिशत धेरै हो ।
कम्पनीको प्रतिशेयर आम्दानी ६१ रुपैयाँ ६२ पैसा तथा प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ छ ।

ग्लोबलले साउन २१ गतेबाट शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गर्दैछ । कम्पनीले ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । यसमा असार ३१ गतेसम्म मात्र कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । हकप्रद बिक्री गरेपछि भने यसको चुक्ता पुँजी २२ करोड ९ लाख १४ हजार रुपैयाँ पुग्नेछ ।