आईपीओ पछि नेपाल एग्रो लघुवित्तको प्रगतिमा उल्लेखीय सुधार

0
Shares

नेपाल एग्रो लघुवित्तले गत वर्षको चौथो त्रैमासमा १ करोड ५७ लाख रुपैयाँ कमाएको छ। जुन अघिल्लो वर्षको तुलनामा ६०६ प्रतिशतले बढी हो ।
अघिल्लो वर्ष कम्पनीले २२ लाख ३५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो। लघुवित्त कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा पनि उसको खुद नाफा बढेको हो।

लघुवित्तले १८ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरी ६२ करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । जसबाट ३ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

गत वर्ष आईपिओ बिक्री गरेको कम्पनीले चुक्ता पुँजी ३ करोड ३६ लाख रुपैयाँबाट बढाएर ४ करोड ९७ लाख रुपैयाँ पुर्याएको छ भने ५ लाख ५० हजार रुपैयाँले ऋणत्मक रहेको जगेडा कोष बढाएर १ करोड ७३ लाख रुपैयाँ पुर्याएको छ।

लघुवित्तको खराब कर्जा ०.९० प्रतिशत छ। प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ८३ पैसा, प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८७ पैसा र मुल्य आम्दानी अनुपात १२.३९ गुणा छ ।