मुक्तिनाथ विकास बैंकले ६१ करोडको हकप्रद बिक्री गर्ने, तोक्यो बुकक्लोज

0
Shares

मुक्तिनाथ विकास बैंकले चुक्ता पूँजीको २० प्रतिशत बराबरको ६१ करोड ३० लाख रुपैयाँ बराबरको हकप्रद बिक्रीका लागि बुक क्लोज मिति तोकेको छ ।

बैंकले २०७६ साउन ३१ गते शुक्रबार बुक क्लोज तोकेको हो। यसअनुसार साउन ३० गते बिहीबारसम्म कायम शेयरधनीले मात्र हकप्रद पाउनेछन्।

बैंकले चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ६१ लाख २९ हजार ५२० दशमलव २५ कित्ता हकप्रद निष्काशन गर्नेछ । हकप्रदपछि बैंकको चुक्ता पूँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ ।