एनएलजी इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट

एनएलजी इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट

एनएलजी इन्स्योरेन्स ९ल्ीन्० ले जारी गर्ने चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी मार्केट चयन भएको छ। साउन १३ गते कम्पनी र क्यापिटल बीच हकप्रद शेयरको निष्काशनकालागि सम्झौता भएको हो।

सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले हस्ताक्षर गरेका छन्।

बीमा समितिले तोकेको पूँजी कायम गर्न कम्पनीले विद्यमान शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँको ६० प्रतिशत हकप्रद जारी गर्ने भएको हो।

जसअनुसार कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकितदरले १० कित्ता शेयर बराबर ६ कित्ताको अनुपातमा ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । उक्त हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब २ करोड ४६ लाख ५० हजार कायम हुनेछ ।

कम्पनीले बिक्री प्रबन्धक नियुत्तिसँगै धितोपत्र बोर्डमा हकप्रद निष्काशनको आवेदन दिनेछ । बोर्डबाट हकप्रद जारी गर्न अनुमति पाएपछि बुकक्लोज गरेर शेयरधनीमा उक्त हकप्रद जारी हुनेछ ।

प्रकाशित मिति: १३ साउन २०७६, सोमबार २१ : २८ बजे