मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत

0
Shares

मितेरी डेभलपमेन्ट बेंकले अघिल्लो आर्थि वर्षको कमाइबाट वितरण गरेको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। बैंकले चुक्ता पुँजीको १७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

नेप्सेका अनुुसार मितेरीको ८ लाख ५० हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । गत चैत १३ गते सम्पन्न बैंको तेह्रौं वार्षिक साधारण सभाले बोनस पारित गरेकोे थियो। उक्त बोनस गत फागुन १४ गतेसम्म कायम बैंकका शेयरधनीलाई मात्र वितरण हुनेछ।

बोनसपछि बैंकको चुक्ता पूँजी ५८ करोड ५० लाख रुपैयाँ पुगेको छ।