देव र पूर्णिमा विकास बैंकको १४ लाख कित्ता बोनस सूचीकृत

0
Shares

देव विकास बैंक र पूर्णिमा विकास बैंकको १४ लाख १६ हजार कित्ता शेयर सूचिकृत भएको छ ।

मंगलबार नेप्सेले दुवै विकास बैंकले अघिल्लो वर्षको मुनाफाबाट वितरण गरेको बोनस सूचीकृत गराएको हो ।

सूचीकरणसँगै दुबै बैंकका शेयरधनीले उक्त बोनस दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन्।

स्टकका अनुसार देव विकास बैंकको १३ लाख ९३ हजार ५२४ दशमलव १९ कित्ता र पूर्णिमा विकास बैंकको २ लाख ६२ हजार ५१६ कित्ता बोनस सूचीकरण भएको हो।