महुली लघुवित्तको खुद नाफा साढे ७७ प्रतिशतले बढ्यो

0
Shares

महुली लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा ४ करोड २९ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको यही अवधिको भन्दा ७७.५३ प्रतिशत धेरै हो ।

अघिल्लो वर्ष संस्थाले २ करोड ४१ लाख खुद नाफा आर्जन गरेको थियो । ७० प्रतिशतले चुक्ता पूँजी बढाएको कम्पनीले ७७ प्रतिशतले नाफा बढाएको हो ।

महुलीको चुक्ता पूँजी १० करोड २० लाख रुपैयाँ छ । जगेडाकोषमा १९ करोड ३१ लाख राखेको छ । कर्जा, निक्षेप र सापट बढाएको कम्पनीको खुद ब्याज आम्दानी समेत बढेको छ ।

८८ करोड निक्षेप संकलन गरेको संस्थाले ९७ करोड सापट लिएर २ अर्ब बढी रकम कर्जा परिचालन गरेको छ ।

महुलीको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ १० पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने ६१ रुपैयाँ ७८ पैसाले घटेर २८९ रुपैयाँ ४१ पैसामा सीमित भएको छ । कम्पनीले खराब कर्जा घटाएर १.६२ प्रतिशतमा सिमित गरेको छ ।