नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा १४० जना कर्मचारी माग गरेको छ ।
९ तहदेखि ४ तहसम्म रिक्त रहेका पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
विभिन्न सेवा समूहमा प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक र सहायक पदमा कर्मचारी माग भएको छ ।
आर्थिक प्रशासन, एयरवर्दिनेश, एयर ट्राफिक सर्भिस, सिभिल इञ्जिनियरिङ, मेकानिकल इञ्जिनियरिङ, सूचना प्रविध, एभियशन फायर सर्भिसेज, फ्लाइटल अपरशन सर्भिसेज, इ।एण्ड टे। कम इञ्जिनियरिङ समूहमा कर्मचारी माग भएको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले साउन १९ गतेदेखि २१ दिन भित्र अनलाइन फारम भर्न सक्नेछन् ।
आवेदकले आवश्यक कागजातरप्रमाण पत्रका साथमा तह ९ का लागि ९ सय, तह ८ का लागि ८ सय, तह ७ का लागि ७ सय, तह ६ का लागि ६ सय, तह ५ का लागि ५ सय र तह ४ का लागि ४ सय रुपैयाँ दस्तुत बुझाउनु पर्नेछ ।
प्रतिक्रिया