आरम्भ लघुवित्तको प्रतिशेयर आम्दानीमा उच्च सुधार

0
Shares

आरम्भ लघुवित्तले गत आर्थिक वर्षमा एक करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा ९८ लाख रुपैयाँले बढी हो। अघिल्लो वर्ष लघुवित्तले खुद नाफा २० लाख रुपैयाँ मात्र आर्जन गरेको थियो ।

चुक्ता पूँजी ६ करोड रुपैयाँ भएको लघुवित्तको जगेडा कोषमा ८७ लाख ३९ हजार रुपैयाँ सञ्चित छ । लघुवित्तको नाफा बढ्दा प्रतिशेयर आम्दानी १९ रुपैयाँ ८३ पैसा कायम भएको छ । अघिल्लो वर्ष प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३५ पैसामा कायम थियो ।

गत आर्थिक वर्षमा १५ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ३१ करोड ९४ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्था मार्फत ऋण गरेर ५२ करोड ६८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

जसबाट लघुवित्तले तीन करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्षको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी ४४ प्रतिशत बढी हो ।

लघुवित्तमा निष्कृय कर्जा अनुपात १.४२ प्रतिशत छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ५० पैसा छ भने मूल्य आम्दानी अनुपात २६.६८ गुणा छ। आरम्भ लघुवित्त चौतारी लघुवित्तसँग मर्जर प्रकृयामा रहेको छ ।