सिभिल लघुवित्तको नाफा ४५ प्रतिशत बढ्यो, जगेडाकोषमा उच्च बढोत्तरी

0
Shares

सिभिल लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्म एक करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

यो अघिल्लो आर्थिक बर्षको तुलनामा ४५.३१ प्रतिशतले बढी हो। गत वर्षको यसै अवधिमा लघुवित्तले एक करोड १२ लाख खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी ११ करोड ४१ लाख रहेको लघुवित्तको जगेडा कोषमा २ करोड १२ लाख रुपैयाँ सञ्चित छ । जगोडकोषमा २७२ प्रतिशत रकम वृद्धि भएको हो ।

लघुवित्तले २७ करोड १० लाख निक्षेप संकलन र ६१ करोड ४८ लाख सापटीबाट एक अर्ब २ करोड कर्जा परिचालन गरेको छ । जसबाट लघुवित्तले ६ करोड ४६ लाख खुद ब्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी करिब ४० प्रतिशत बढी हो । कर्मचारी खर्च बढेपनि कम्पनीको संचालन नाफा बढेको छ ।

लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.७८ बाट १.३४ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १४ रुपैयाँ ३६ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ६३ पैसा र मूल्य आम्दानी अनुपात ३८.६५ गुणा बढी छ ।