सेञ्चुरी बैंकको नाफा ५ करोड रुपैयाँ घट्यो, वर्षदिनको नाफा ८६ करोड

0
Shares

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक बषृमा सेन्चुरी बैंकको नाफा ५ करोड रुपैयाँले घटेर ८६ करोड ८ लाख रुपैयाँमा झरेको छ। अघिल्लो आवमा बैंकले ९१ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको नाफा ५.६४ प्रतिशतले घटेको हो । बैंकको वितरण योग्य नाफा ५३ करोड ५१ लाख २८ हजार रुपैयाँ छ ।

बैंकले समिक्षा अवधिसम्म ५७ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन गरि ५६ अर्ब ९३ करोड रुपैयाँ ऋण लगानी गरेको छ। जसबाट बैंकले दुई अर्ब ६७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको निक्षेप ८.७५ प्रतिशत तथा कर्जा लगानी ७.७४ प्रतिशतले बढेको छ ।

खुद व्याज आम्दानीमा उल्लेख्य सुधार भए पनि खराब कर्जाको लागि ३६ करोड ६६ लाख रुपैयाँ प्रोभिजनिङ गर्नु पर्दा नाफा खुम्चिएको हो। खराब कर्जा ०.५० प्रतिशतबाट १.७२ प्रतिशत पुगेको छ।

बैंकको चुक्ता पूँजी ८ अर्ब ८१ करोड रुपैयाँ छ भने जगेडा कोषमा एक अर्ब तीन करोड रुपैयाँ जम्मा गरेको छ।

नाफामा गिरावट सँगै प्रतिशेयर आम्दनी पनि ११ रुपैयाँबाट १० रुपैयाँमा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ८ पैसा छ । बैंकको पूँजीकोष अनुपात १४.६२ प्रतिशत, कर्जा निक्षेप अनुपात ७८.०९ प्रतिशत, आधार दर ११.२९ प्रतिशत छ ।