रिलायन्स लाइफले ६३ करोडको आईपीओ निष्कासन गर्ने

0
Shares

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको शुक्रबार सम्पन्न दोश्रो वार्षिक साधारण सभाले सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने ६३ करोड बराबरको ६३ लाख कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

साउन ३१ गते शुक्रबारका सम्पन्न सभाले अध्यक्ष ताराचन्द केडियाकले पेश गरेको वार्षिक प्रतिवेदन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७४/७५ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु र कम्पनीको आ.व.२०७५/०७६ को लागि लेखापरीक्षक नियुक्ति गर्ने समेत प्रस्ताव पारित गरेको छ ।

अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड कम्पनी सिद्धार्थ बैँक लगायत प्रतिष्ठित घरानाहरुद्वारा प्रवद्र्धित संस्था हो। रिलायन्स लाइफ इन्स्योरेन्सले २०७४ मंसिर १ गतेदेखि विधिवत्् रुपमा जीवन बीमा व्यवसाय सञ्चालन गर्दै हाल ८८ वटा शाखा÷उपशाखा कार्यालयहरुबाट आफ्ना सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीका संचालकहरुमा भरत कुमार तोदी, जगदीश कुमार अग्रवाल, अमित कुमार बेगानी तथा सुन्दर प्रसाद कडेल छन्।