नागरिक लगानी कोषले २३.१६ प्रतिशत लाभांश पारित गर्न डाक्यो साधारण सभा

0
Shares

नागरिक लगानी कोष (ऋक्ष्त्) ले अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको लाभां पारित गर्न भदौँ ३० गते सोमबार बिहान ११ः३० बजे कार्की ब्याङ्केट, बबरमहल काठमाडौँमा चौबीसौँ वार्षिक साधारण सभा बोलाएको छ।

कोषले शेयरधनीहरुलाई २२ प्रतिशत बोनस तथा कर प्रयोजनका लािग १.१६ प्रतिशत नगद लाभां सहित २३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जस अनुसार २४ करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि एक करोड २७ लाख रुपैयाँ वितरण गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कोषले भदौँ १९ गते बुक क्लोज गर्ने जनाएको छ। जसअनुसार भदौँ १८ गतेसम्म कायम शेयरधनीले मात्र कोषको बोनस शेयर र साधारण सभामा भाग लिन पाउनेछन्।

बोनस वितरण पश्चात् कोषको चुक्ता पूँजी एक अर्ब ३४ करोड ४८ लाख रुपैयाँ पुग्नेछ।