नेप्सेमा सेन्चुरी बैंक सहित तीन कम्पनीको बोनस शेयर थपियो

0
Shares

नेपाल स्टक एक्सचेन्जमा सेन्चुरी बैंक, नेपाल लाइफ र उन्नति माइक्रोफाइनान्सको बोनस शेयर सूचीककृत भएको छ ।

मंगलबार सेन्चुरीको २ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । यसको कुल १६ लाख ५० हजार ९२.४७ कित्ता सेयर नेप्सेमा थपिएको हो ।

नेपाल लाइफ इन्सुरेन्सको २५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट १ अर्ब ९ करोड ९२ लाख ३२ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेको थियो ।

यता, उन्नति माइक्रोफाइनान्सले ४०.५० प्रतिशत बोनस सेयर सूचीकृत गराएको छ । कम्पनीले कुल २ लाख २२ हजार ७५० कित्ता सेयर सूचीकृत गराएको हो ।