नेपाल दक्षिण एशियाको उदाउँदो तारा:परराष्ट्रमन्त्री ज्ञवाली

0
Shares

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल दक्षिण एशियाको उदाउँदो तारा भएको बताएका छन।

भदौ १३ गते शुक्तबार मदन भण्डारी फाउण्डेशनले काठमाण्डौंमा आयोजना गरेको जबज कक्षा तथा नगर कमिटी शपथग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल उदाउँदो अर्थतन्त्रका रुपमा विकास निर्माणको कार्यलाई अघि बढ्दै गएकाले नेपाल दक्षिण एशियाकै उदाउँदो तारा हुने दाबी गरे।

“राज्यको चरित्र लोक कल्याणकारी छ । वर्षौंदेखिको समस्या समाधान गर्न निश्चित सयम लाग्छ”, मन्त्री ज्ञवालीले भने । उनले सम्पूर्ण नेपाली जनताले मनोबल उच्च राखेमा विकास निर्माणका कार्यलाई अघि बढाउनेतर्फ हौसला मिल्ने धारणा व्यक्त गरे।

मदन भण्डारी फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले समाजवादबाट जनताको बहुदलीय जनवाद ल्याउनुपर्ने कुरा बताए। फाउण्डेशनका भेषराज अधिकारीले ऐतिहासिक भौतिकवादको दृष्टिबाट समाजलाई व्याख्या गर्नुपर्ने धारण राखेका थिए।