एनआईसी एशिया बैंकको एटिएम सेवा पुनः सुचारु

0
Shares

एनआईसी एशिया बैंकको एटिएम सेवा सुचारु भएको बैंकले जनाएको छ । बैंकले प्राबिधिक कारणवश भन्दै केही समयको लागि सेवा अवरुद्ध गरेको थियो ।

एटिएम सेवा संचालनमा आए संगै यस बैंकको एटिएम कार्ड बाहकहरुले एनआईसी एशिया बैंकको एटिएम तथा पोस मेशिनमा प्रयोग गरी कारोबार गर्न सक्ने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले नोट बजारलाई जानकारी दिए ।

बैंकको नियन्त्रण भन्दा बाहिरको परिस्थितीको कारणवश केही समयको लागि एटिएम तथा पोस मेशिनको सेवा स्थगन गर्न परेकोमा बैंकले सेवाग्राहीसँग क्षमा प्रार्थी छ । बैंकले आफ्नो विज्ञप्तिमा भनेको छ ।