चालु आर्थिक वर्षमा एक हजार मेगावट विजुली प्रणालीमा थपिने

0
Shares

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षभित्रै १ हजार मेगावट विद्युत प्रसारण लाइनमा थपिने गरी कार्य अगाडि बढाएको छ ।

प्राधिकरणले ४५६ मेगावटको माथिल्लो तामाकोशी, १११ मेगावटको रसुवागढी, १४.८ मेगावटको माथिल्लो साञ्जेन र अन्य निजी जलविद्युत आयोजनाहरु गरी करिव हजार मेगावट विद्युत प्रणालीमा थपिने गरी कार्य अघि बढाएको हो ।