एनआरएन युरोप उप–संयोजकमा कृष्ण तिमल्सेनाको उम्मेदवारी

0
Shares

गैर आवासिय नेपाली संघ एनआरएनको यूरोप उप संयोजकमा लण्डन निवासी कृष्ण तिमल्सेनाले उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी अक्टोबरमा काठमाण्डौमा हुने एनआरएनको विश्व सम्मेलनमा युरोप उप–संयोजक पदका लागि उम्मेदवारी घोषणा गरेको तिमल्सेनाले बताए । युरोपमा बसेका नेपालीहरुको साझा समस्या समाधानका लागि आफूले विशेष पहल गर्नसक्ने भएकाले चुनावी मैदानमा आएको उनले प्रष्ट्याए ।

युरोपमा जन्मे हुर्केका नेपाली बाल बच्चाहरुलाई एनआरएनमा समाहित गर्दै देश, भाषा र नेपाली संस्कृतिप्रति रुची जगाउन आफूले यूरोप उप संयोजक पदमा विजय हुनु जरुरी भएको तिमल्सेनाले बताए । 

एनआरएन बेलायत च्याप्टरको सल्लाहकार रहेका तिमल्सेना अहिले एनआरएनए केन्द्रको ट्रेड इन्भेष्टमेन्ट प्रमोसन र पोलिसी एन्ड प्रोसिडुर्स टास्क फोर्स समितिमा रहेर काम गरिरहेका छन् । 

एनआरएनसंगको लामो सहकार्य र सुमधुर संबन्धका कारण आफूले युरोप उप–संयोजकको पदमा उमेद्वारी दिने निर्णय गरेको तिमल्सेना बताउँछन् ।

युरोप भित्रको आफ्नो उपल्लो स्तरको सम्बन्ध प्रयोग गरी त्यहाँका नेपाली तथा नेपालमा लगानी भित्र्याउन आफ्नो भूमिका हुने भएकाले यूरोप उप संयोजकको जिम्मेवारी आउन चाहेको खुलाए ।

सन् २०११ देखि २०१३ सम्म एनआरएन युकेको कार्यसमिति सदस्य चयन भएका उनी २०१३ देखि ०१५ मा एनआरएन युकेकै उपाध्यक्ष थिए ।

सन् २०१५ देखि ०१७ मा शेष घले नेतृत्वको एनआरएन कार्यकालमा केन्द्रीय सदस्य बनेर काम गरेका तिमल्सेना सन् २०१७ देखि ०१९ को कार्यकालका लागि भएको एनआरएन बेलायतको निर्वाचनमा भने अध्यक्ष पदमा पराजित भएका थिए ।

युरोपका व्यवसायीहरुसंग सहकार्य गरि नेपालमा सहयोग र लगानी भित्र्याउन युरोपमा सकृय राष्ट्रिय समन्वय परिषदलाई अझ संस्थागत, दीगो र एनआरएन आइसीसीप्रति उत्तरदायी बनाउन प्रयास गर्नु आफ्नो लक्ष्य भएको तिमल्सेनाले बताए ।

सेफ एसोशिएसन यूकेका संस्थापक अध्यक्ष्य तिमल्सेना क्रिस फुडका प्रबन्ध निर्देशक समेत हुन् । नेपालमा उनले जलबिद्युत, लघुवित्त तथा बैंकिङ्ग क्षेत्रमा लगानी गरेका छन् ।