महालक्ष्मी विकास बैकको कोटेश्वर शाखा संचालनमा

0
Shares

महालक्ष्मी विकास बैंकले काठमाण्डौको कोटेश्वर शाखा संचालनमा ल्याएको छ।

सो शाखा संचालनमा आएसंगै बैकको शाखा संख्या १०० पुगेको छ।

सो शाखा उद्घाटन अवसरमा बोल्दै बैंकमा प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता गरे।

महालक्ष्मीले देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०० वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिंङ सेवा प्रदान गरिरहेको छ।