नेपाल एग्रोको लाभांश संशोधन, १५ प्रतिशत नगदको सट्टा बोनस

0
Shares

नेपाल एग्रो लघुवित्तले यसअघि घोषणा गरेको लाभांश संशोधन गरेको छ । चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको लघुवित्तले अब नगदको नगदको सट्टा १५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।

यस अघि प्रस्तावित लाभांश वितरणका लागि राष्ट्र बैंकले स्वीकृति नदिएपछि कम्पनीले बोनस दिने भएको हो । साथै बोनसमा लाग्ने कर प्रयोजनार्थ नगद लाभांश समेत दिने भएको छ ।

कम्पनीले चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने ७४ लाख ६६ हजार ६७० रुपैयाँ बोनस वितरण गनेछ । कर प्रयोजनका लागि ३ लाख ९३ हजार २४५ रुपैयाँ नगद वितरण गर्नेछ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकवाट स्वीकृत भएर लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।