मर्जर पछि बनेको तिनाउ मिसनको शेयर कारोबार खुल्यो

0
Shares

तिनाउ विकास बैक र मिसन डेभलपमेन्ट बैंक मर्ज भएर बनेको तिनाउ मिसन बैंकको शेयर कारोबार खुलेको छ । मंगलबारदेखि तिनाउ मिसनको नामबाट शेयर कारोबार सुरु भएको नेप्सेले जनाएको छ ।

मर्जरमा गएका कारण यी दुई विकास बैंकको शेयर कारोबार करिब ७ महिनादेखि रोक्का थियो । तिनाउ र मिसन डेभलपमेन्ट बैंकले गत चैत ३ गते मर्जरमा जाने सम्झौता गरेका थिए भने गत महिना मात्रै दुबै बैंकले एकिकृत कारोबार सुरु गरेका थिए।

नेप्सेले मर्जरपश्चात बनेको तिनाउ मिसन डेभलपमेन्ट बैंकको कारोबारको लागि टिएमडिविएल संकेत प्रदान गरेको छ भने पहिलो कारोबारको लागि १६४ रुपैयाँ ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।