आशा लघुवित्तले लाभांश र मर्जर प्रस्ताव पारित गर्ने, साधारण सभा कात्तिक ७ गते

0
Shares

आशा लघुवित्त वित्तीय संस्थाले लाभांश तथा मर्जरमा जाने बाटो खुला गर्ने लगायतका प्रस्ताव पारित गर्न कात्तिक ७ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा बिहान १० बजे फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुरेन्ट ककनी नुवाकोटमा हुनेछ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्नेे प्रस्ताव गरेको छ । साधारण सभाबाट पारित भएपछि प्रस्तावित लाभांश शेयरधनीलाई वितरण हुनेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी २० करोड ७४ लाख रुपैयाँ रहेको छ। उक्त बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी २३ करोड २२ लाख ८८ हजार रुपैयाँ पुग्नेछ।

त्यस्तै साधारण सभाबाट यस वित्तीय संस्थाले अन्य इजाजत प्राप्त घ वर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभिन वा प्राप्ती गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने र सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंक समक्ष निवेदन दिने लगायतका सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार दिने प्रस्ताव पारित गरिने छ ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि असोज १५ गतेदेखि कात्तिक ७ गतेसम्म सेयर कारोबार बन्द हुने कम्पनीले जनाएको छ । साथै, सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने जनाइएको छ ।