सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को नेप्सेमा कारोबार सुरु

0
Shares

सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा संचालति सामूहिक लगानी कोष सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाईको असोज ९ गतेदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा किनबेच सुरु भएको छ।

कूल एक अर्ब २० करोड रुपैयाँ बराबरको यस फण्डको १२ करोड इकाइ बुधबार कारोबारका लागि नेप्सेमा सूचीकृत गरिएको थियो। यससँगै नेप्सेले बिहीबारदेखि कारोबार खुला गरेको हो।

नेप्सेले इकाईको कारोबारका लागि एसआईजिएस २ (SIGS2) कारोबार संकेत प्रदान गरेको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ सिद्धार्थ क्यापिटलको व्यवस्थापन सञ्चालित चौंथो म्युचुअल फण्ड हो । फण्डको प्रबद्र्धक सिद्धार्थ बैंक रहेको छ ।

सिद्धार्थ क्यापिटलले गत साउन २३ देखि भदौ ५ गतेसम्म १ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअलका इकाई सर्वसाधारणमा बिक्री गरेको थियो।