एटिएम बुथबाहिर २४ सै घण्टा सुरक्षा गार्ड राख्न राष्ट्र बैकको निर्देशन

0
Shares

नेपाल राष्ट्र बैकले बैंक वित्तीय संस्थालाई एटिएम बुथबाहिर २४ सै घण्टा सुरक्षा गार्ड राख्न निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको सिस्टम ह्याक गरी रकम निकाल्ने क्रम बढेपछि राष्ट्रबैंकले निर्देशन जारी गरी हरेक एटिएम बुथमा सुरक्षा गार्ड राख्नुपर्ने व्यवस्था गरेको हो ।

त्यस्तै एटिएम बुथमा कुनै व्यक्ति वा संस्थाबाट संकास्पद गतिविधि भएमा सम्बन्धित संस्थाले कुनै व्यक्ति वा संस्थाबाट संकास्पद गतिविधि भए तुरुन्त जानकारी गराउन र बैंक तथा वित्त संस्थाले सुचना प्रविधि सम्बन्धमा आकस्मिक सहायता समुह गठन गरि कार्यान्वयनमा ल्याउनलाई समेत राष्ट्र बैंकले निर्देशन दिएको छ।

साथै, कुनै पनि किसिमको साईबर आक्रमण, शंकास्पद गतिविधि वा अनधिकृत पहुँच भएमा त्यसको समेत यथासक्य चाँडो सुचना सम्बन्धित बैंक वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई दिनुपर्ने निर्देशनमा उल्लेख छ।