सडक परियोजनाका लागि २३ करोड डलर दिन अफ्रिकी बैंकको स्वीकृति

सडक परियोजनाका लागि २३ करोड डलर दिन अफ्रिकी बैंकको स्वीकृति

अफ्रिकी विकास बैंकले केन्याको मुख्य राष्ट्रिय राजमार्ग निर्माणका लागि २३ अर्ब सिलिङ (करिब २३ करोड अमेरिकी डलर) ऋण सहयोग गर्ने शुक्रबार घोषणा गरेको छ ।

बैंकका अनुसार पाँच वर्षे यस परियोजनाबाट ८४ किलोमिटर किनोल–सागाना–मारुआ राजमार्गको स्तरोन्नति गरिनेछ । यो परियोजना सन् २०२५ भित्र सम्पन्न हुनेछ ।

पछिल्ला वर्षहरुमा केन्यामा सडक सुधारका कार्यहरु तिब्र गतिमा भइरहेका र यो परियोजना पनि त्यसकै एक हिस्सा भएको बैंकले जनाएको छ । केन्यामा हालै एक हजार ३०४ किलोमिटर नयाँ सडक निर्माण गरिएको छ ।

ऋण सहयोगबाट निर्माण हुने राजमार्गले बन्दरगाह शहर मोम्बासा र नैरोबीलाई जोड्ने सडकको स्तरोन्नति हुने, तथा यसबाट अस्तव्यस्त ट्राफिकको अवस्था अन्त्य हुनेछ ।

यस परियोजनाको कूल लागत २८ करोड ३० लाख अमेरिकी डलर हो, जसमध्ये ८१ प्रतिशत अफ्रिकी विकास बैंकले ब्यहोर्ने छ भने बाँकी १९ प्रतिशत केन्या सरकारले लगानी गर्नेछ ।

यो अन्तर–अफ्रिकी महादेशीय राजमार्गकै हिस्सा भएकाले पनि यस राजमार्गको स्तरोन्नति अति आवश्यक देखिएको केन्या सरकारले जनाएको छ ।

प्रकाशित मिति: १८ असोज २०७६, शनिबार ०६ : ४६ बजे