एनएमबि लघुवित्तले पायो १५० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने अनुमति

0
Shares

एनएमबि लघुवित्तले १५० प्रतिशत हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले लघुवित्तलाई १ः१.५ अनुपातमा २४ लाख ३० हजार ९३ कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको हो ।

हाल एनएमबि लघुवित्तको चुक्ता पूँजी १६ करोड २० लाख ६ हजार रुपैयाँ छ । हकप्रद निष्कासनपछि पूँजी ४० करोड ५० लाख नाघ्नेछ ।

लघुवित्तको हकप्रद शेयरको बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ग्रेड ४ प्रदान गरेको छ ।