शेयर बजारमा सुधारको संकेत, ५ अंकले बढेको बजारमा २२ करोडको कारोबार

0
Shares

विगत लामो समयदेखि ओरालो लाग्ने क्रममा रहेको शेयरबजारमा सुधारको संकेत देखा परेको छ । मंगलबार ५ अंकले बढेको बजारमा २२ करोड बढीको शेयर किनबेच भएको छ ।

नेप्से सूचक ५.०८ अंकले बढेर ११४२.०४ विन्दुमा पुगेको छ । १५१ कम्पनीको २२ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा ७ लाख ६५ हजार ८९७ कित्ता शेयर खरिदबिक्री भए ।

कारोबार भएकामध्ये २ वटा समूहका सूचक स्थिर देखिएका छन् भने बाँकी सबै सूचक उकालो लागेका छन् ।

सबैभन्दा धेरै सिद्धार्थ बैंकको ४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भयो। आरएमडीसी लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५.९३ प्रतिशतले बढ्दा सिटी एक्सप्रेस फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ५.८८ प्रतिशले गुमाएका छन् ।