माछापुच्छ्रे बैंकमा ११५ जनालाई रोजगारीको अवसर

0
Shares

माछापुच्छ्रे बैंकले विभिन्न पदमा ११५ जनाका लागि रोजगारी खुला गरेको छ । बैंकले काठमाडौं उपत्यका भित्र र बाहिरका लागि ‘म्यानेजमेन्ट ट्रेनी’ र ‘ट्रेनी जुनियर एसिटेन्ट’ पदमा आवेदन मागेको हो ।

बैंकले काठमाडौं उपत्यका भित्र र बाहिरको लागि २५ जना म्यानेजमेन्ट ट्रेनी र ९० जना जुनियर एसिटेन्ट पदको लागि आवेदन मागेको हो।

म्यानेजमेन्ट ट्रेनीका लागि व्यवस्थापनमा स्नातकोत्तर तह उतिर्ण गरेको हुनुपर्ने छ । जुनियर एसिटेन्टका लागि स्नातक उतिर्ण गरेको हुनुपर्ने छ । बैंकमा आवेदन दिन चाहनेले कात्तिक १३ भित्रमा बैंकको वेवसाइटमा गएर तोकिएको कागजजात बुझाएर आवेदन दिनुपर्ने छ ।