एनएमबि लघुवित्तको नाफामा चमत्कारिक सुधार, प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ७४ पैसा

0
Shares

एनएमबि लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०७६।०७७ को पहिलो त्रैमासमा खुद नाफामा चमत्कारिक सुधार देखिएको छ।

अघिल्लो आवको यसै अवधिमा १० लाख १७ हजार नाफा कमाएको लघुवित्तले चालु वर्षको त्रैमासमा एक करोड ५२ लाख ८६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको प्रथम त्रैमासको तुलनामा एक करोड ४२ लाख रुपैयाँले धेरै हो ।

लघुवित्तले यस अवधिमा एक अर्ब १८ करोड ५ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाहरुबाट २ अर्ब १९ करोड ९१ लाख रुपैयाँ सापटी लिएर ३ अर्ब १८ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

माइक्रोफाइनान्सले यस अवधिमा खुद ब्याज आम्दानी ५ करोड ९९ लाख रुपैयाँ गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १ करोड ५८ लाख रुपैयाँले बढी हो । अघिल्लो आवको यसै अवधिमा ४ करोड ४० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

१६ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको माईक्रोफाइनान्सको जगेडा कोषमा १६ करोड २६ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा माइक्रोफाइनान्सको निष्कृय कर्जा अनुपात पनि सुधार भएको छ । यो अनुपात २.७२ बाट झरेर २.२७ प्रतिशत कायम छ ।

माइक्रोफाइनान्सको वार्षिक प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ७४ पैसा, प्रतिशेयर नेटवर्थ २०० रुपैयाँ ३९ पैसा र मूल्य आम्दानी अनुपात २८.५४ गुणा बढी छ ।