चौतारी लघुवित्तको नाफामा २३० प्रतिशतको बढोत्तरी, प्रतिशेयर आम्दानी कति ?

0
Shares

चौतारी लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रैमास अर्थात असोज मसान्तसम्म १ करोड २३ लाख ७२ हजार खुद मुनाफा गरेको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा २३० प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३७ लाख ४८ हजार खुद मुनाफा गरेको थियो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेपछि नाफा ह्वात्तै बढेको हो ।

लघुवित्तले यस अवधिमा ९४ करोड ८ लाख बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएरको छ भने सदस्यहरुबाट ५३ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६५ करोड १४ लाख कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले ३ करोड ५ लाख ३९ हजार खुद ब्याज आम्दानी गरेको छ।

चुक्ता पुँजी १९ करोड ९० लाख २० हजार रुपैयाँ रहेको लघुवित्तको रिजर्भ कोषमा २ करोड २५ लाख ८० हजार रुपैयाँ रुपैयाँ छ । जसको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ४१ पैसा तथा प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ १५ पैसा छ । लघुवित्तको निष्कृय कर्जा ०.६ प्रतिशत छ ।