सांग्रिला डेभलपमेन्ट बैंक १६ औ वर्षमा

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १५ औं बर्ष सफलतापूूर्वक पुुरा गरी १६ औं बर्षमा प्रवेश गरेको छ। बालुुवाटार, काठमाण्डौंमा केन्द्रीय कार्यालय रहेको यस बैंकको बालुवाटारमा केक काटेर १५ औं बार्षिक उत्सव मनाइएको हो। आज बिहिबार कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले केक काटेर वार्षिकोत्सवको उपलक्ष्यमा सबैलाई शुभकामना व्यक्त गरे।

वार्षिक उत्सवकै अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बिगतका वर्षहरुमा जस्तै “रक्तदान–जीवनदान” भन्ने भावार्थलाई मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यले बैंकको केन्द्रीय कार्यालय, बालुुवाटार, काठमाण्डौंमा कार्तिक १५ गते शुक्रबार रक्तदान कार्यक्रम गर्ने १६ गते शनिबार बैंकका कर्मचारी तथा ग्राहकको उपस्थितिमा प्रभातफेरी कार्यक्रम गर्ने तयारी गरेको छ।

 

मुलुकभर सातवटै प्रदेशमा गरि ८७ वटा शाखाहरुबाट अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस बैंकले आगामी वर्षहरुमा अझ सशक्त रुपमा ग्राहक सेवामा समर्पित हुने प्रतिबद्घता ब्यक्त गरेको छ।

डेभलपमेण्ट बैंकले विगत पन्ध्र वर्ष देखि निरन्तर सहयोग गर्नुहुुने ग्राहकहरु, शेयरधनीहरु, सञ्चालकज्यूहरु, बैंकमा अहोरात खटिई सेवा गर्ने मानव संशाधन परिवार, शुभेच्छुकहरु तथा सम्पूूर्ण नियमनकारी निकायहरु एवं सहयोगी संस्था र कार्यालय साथै सञ्चार मिडिया प्रति हार्दिक आभार एवं कृतज्ञता प्रकट गरेको छ।