‘सांग्रिला बैंकको सोच, हरेक नेपालीमा बैकिङ्ग पहुँच’ वार्षिकोत्सवको अवसरमा प्रभातफेरी

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १५ औं बर्ष सफलतापूूर्वक पुुरा गरी १६ औं बर्षमा प्रवेश गरेको अवसरमा कार्तिक १६ गते शनिबारका दिन प्रभातफेरी कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।

‘सांग्रिला बैंकको सोच, हरेक नेपालीमा बैकिङ्ग पहुँच’ भन्ने मूल नारालाई मनन् गरी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।

बैंकको केन्द्रिय कार्यालय बालुवाटारबाट शुरु भएको प्रभातफेरी नक्साल भगवती हुँदै कमलपपोखरी, कमलादी गणेशस्थान, घण्टाघर, रानीपोखरी दरबारमार्ग, नागपोखरी, गैरीधारा हुँदै पुनः केन्द्रिय कार्यालय बालुवाटार आई सम्पन्न भएको थियो ।

बार्षिक उत्सवकै अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बिगतका वर्षहरुमा जस्तै ‘रक्तदान–जीवनदान’ भन्ने भावार्थलाई मनन् गरी रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

त्यस्तै नेपालगञ्ज क्षेत्रीय कार्यालय तथा गल्छी शाखा कार्यालयमा समेत रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । साथै बैंकको सातवटै प्रदेश कार्यालयबाट सरसफाई लगायतका विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको बैंकले जनाएको छ ।