आरएसडिसी लघुवित्तको नाफा ७५ प्रतिशतले बढ्यो

0
Shares

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ करोड २८ लाख १५ हजार रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ७५.१४ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले १ करोड ३० लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेपछि संस्थाको नाफा उच्चदरले बढेको हो । संस्थाले २ अर्ब ५४ करोड सापट लिएर २ अर्ब ९६ करोड कर्जा लगानी गरेको छ ।

लघुवित्तले खुद नाफामा आएको बढोत्तरीले प्रतिशेयर आम्दानी पनि बढेको छ । जसको प्रतिशेयर आम्दानी ८ रुपैयाँ २२ पैसाबाट १४ रुपैयाँ ४१ पैसा पुगेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ २९ पैसा छ ।

६३ करोड ३५ लाख चुक्तापूँजी रहेको संस्थाको जगेडाकोषमा ९ करोड जम्मा भएको छ । लघुवित्तको जगेडा कोष भने २३.४३ प्रतिशले घटेको छ । संस्थाले खराब कर्जा घटाएर ०.१९ प्रतिशतमा सिमित गरेको छ ।