एनआईसी एशियाले लाभांशका सन्दर्भमा शेयरधनीलाई गर्यो यस्तो आग्रह

0
Shares

एनआईसी एशिया बैंकले विगत विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम यथाशिघ्र बुझिलिन आफ्ना शेयरधनीलाई आग्रह गरेको छ ।

बैंकले हालसम्म लाभांश बुझन बाँकी रहेका लगानीकर्तालाई लाभांश रकमको पूर्जी यस बैंकको सहायक कम्पनी एनआईसी एशिया क्यापिटलबाट यथाशीघ्र आफ्नो खातामा जम्मा गर्नुहुन अनुरोध गरेको छ ।

साथै, लाभांश पूर्जी लिई सकेका शेयरधनीहरुले समेत सो पूर्जी आफ्नो बैंक खातामा यथाशीघ्र जम्मा गर्न आग्रह गरेको छ । यसैगरी, लामो समयदेखि बुझिलिन बाँकी लाभांश रकम प्रचलित ऐन कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।

साथै बैंकले आ.व. २०७५÷७६ मा बैंकले घोषणा गरेको लाभांश रकम सम्बन्धित शेयरधनीहरुको खातामा बैंकले जम्मा गरिसकेको तथा डिम्याट खाता नभएका शेयरधनीको लाभांश रकम जम्मा गर्न बाँकी रहेकोले यथाशीघ्र यस बैंक तथा बैंकको सहायक कम्पनीमा सम्पर्क राखी शेयर डिम्याट गराउन समेत बैंकले आग्रह गरेको छ ।

विभिन्न आर्थिक वर्षहरुमा बैंकले वितरण गरी हालसम्म शेयरधनी महानुभावहरुले बुझिलिन बाँकी भएका लाभांशको विवरण यस बैंकको वेभसाईट www.nicasiabank.com मा राखिएको तथा सो सम्बन्धमा विस्तृत विवरण श्री एनआईसी एशिया क्यापिटलका कर्मचारी दामोदर रायमाझी बाट प्राप्त गर्न सकिने बैंकले बताएको छ ।

बैंकले हाल मुलुकभरका ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।