सञ्चालन नोक्सानीमा रहेको नेपाल सेवा लघुवित्तको मूल्य आम्दानी अनुपात ८४ गुणा ज्यादा

0
Shares

नेपाल सेवा लघुवित्तले चालु आथिक वर्षको पहिलो त्रैमासमा सञ्चालन नोक्सानी ब्यहोरेको छ। यस अवधिमा कम्पनीले ११ लाख ७२ हजार नोक्सानी ब्यहारेको हो। गत आवको यसै अवधिमा पनि कम्पनी ४० लाख २८ हजार नोक्सानीमा थियो।

लघुवित्त सञ्चालन नोक्सानीमा रहेपनि उसको आम्दानीका आधारमा शेयरमूल्य ८४.१९ गुणा धेरै रहेको देखिन्छ। वार्षिक इपिएस ४ रुपैयाँ ५७ पैसा कायम रहेको छ। तर यस लघुवित्तको शेयरमूल्य भने असोज मसान्तमा ३८५ रुपैयाँ रहेको छ।

पूँजी थोरै रहेकाले पनि सबैजसो लघुवित्त कम्पनीहरुको शेयरमूल्य कर्नरिङ्गबाट आम्दानी नभएपनि धेरै हुने गरेको छ। असोज मसान्तमा यस लघुवित्तको खुद नाफा ६ लाख ८५ हजार छ । कम्पनीले २२ लाख ५० हजार खराब कर्जा असुली गर्दा बल्ल खास जोगिएको हो। गत आवको यसै अवधिमा भने लघुवित्त १६ लाख ६९ हजार नोक्सानीमा थियो।

गत आवको ४.७७ रहेको खराब कर्जा घटाएर १.७० मा झरेको छ ।

चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको लघुवित्तको रहेको छ। उसको जगेडा कोषमा ४१ लाख १ हजार रुपैयाँ सञ्चित छ भने पतिशेयर नेटवर्थ १०६ रुपैयाँ ८४ पैसा छ।

असोज मसान्तसम्ममा लघुवित्तले ८ करोड ५ लाख रुपैयाँ निक्षेप संकलन गरेको ३२ करोड १२ लाख रुपैयाँ अरु बैंक तथा वित्तिय संस्थाबाट ऋण सापटी गरेर ४६ करोड ४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा लघुवित्तले ५८ लाख ८८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।