युनाइटेड मोदीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ १६ पैसा

0
Shares

एक अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको युनाइटेड मोदी हाईड्रोपावर को वार्षिक प्रतिशेयर आम्दानी १८ रुपैयाँ १६ पैसा कायम भएको छ। गत आवको यसै अवधिको तुलनामा कम्पनीको मुनाफा २४ प्रतिशतले बढेपछि इपिएस सुधारिएको हो।

साढे १० मेगावाटको तल्लोमोदी २ आयोजना निर्माण गरिरहेको कम्पनीले असोज मसान्तसम्ममा विद्युत बिक्रीबाट १० करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १० करोड २९ लाख रुपैयाँ आम्दानी गरेको थियो।

यससँगै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हाईड्रोपावरको खुद नाफा ५ करोड २२ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड २० लाख रुपैयाँ खुद नाफा थियो।

हाइड्रोपावरको जगेडा कोषमा १६ करोड १७ लाख रुपैयाँ सञ्चित छ भने प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ६ पैसा छ।