कुमारी बैंकले तीन अर्बको ऋणपत्र बिक्री गर्न बोर्डबाट पायो अनुमति

0
Shares

कुमारी बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाइ ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

‘कुमारी बैंक डिबेन्चर २०८६’ नामक ऋणपत्रमा १०.२५ प्रतिशत व्याज प्रदान गर्नेे बैंकले जनाएको छ ।

बैंकले निष्काशन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी एलबीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ। यसले मध्यम कर्जा जोखिम रहेको जनाउँछ ।

केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकिङ्ग प्रणालीमा बैंकहरुको स्रोत परिचालन कमजोर हुन नदिन चुक्ता पूँजीको २५ प्रतिशत बराबरको ऋणपत्र अनिवार्य रुपमा जारी गर्नुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुरुप बैंकले ऋणपत्र जारी गर्न लागेको हो ।
बैंकको ऋणपत्र बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले गर्नेछ।