सिभिल बैंक विदेशी रणनीतिक साझेदारीमा जाने, लाभांश पारित

0
Shares

सिभिल बैंकको नवौं वार्षिक साधारण सभाले मर्जर तथा विलय प्रकृयालाई विशेष प्राथमिकतामा दिदैं गत आर्थिक बर्षको प्रस्तावित लाभांश अनुमोदन गरेको छ । साथै बैंकले विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक पहल गर्ने भएको छ ।

बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई ६।५७ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव साधारण सभामा राखेको थियो । लाभांश पारित भएसँगै बैंकले शेयरधनीलाई ५२ करोड ५८ लाख २२ हजार ७०१ रुपैयाँ ५८ पैसा नगद लाभांश वितरण गर्ने छ।

बैंकले साधारण सभा प्रयोजनका लागि मंसिर २३ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । जस अनुसार मंसिर २२ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

साथै साधारण सभाले लेखापरिक्षकमा नियुक्त गर्नुका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर ) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ ।

सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।

नेपालमै पहिलो पटक बचतकर्ताहरुले सात वर्षसम्मको अवधिको लागि समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको सिभिल बैंकको शाखा संख्या १०२ र एटिएम संख्या ७६ पुगेको छ ।