एनआईबिएल एस क्यापिटलमा निशुल्क डिम्याट खाता खोल्न सकिने

0
Shares

शेयर बजारमा लगानी गर्न चाहनेहरुका लागि एनआईबिएल एस क्यापिटलले निशुल्क हितग्राही खाता खोल्ने अवसर प्रदान गर्ने भएको छ। सरकारले सुरु गरेको एक नेपाली एक डिम्याट खाता अभियानलाई सहयोग गर्ने उदेश्यका साथ क्यापिटलले निशुल्क डिम्याट खाता खुला गर्ने जनाएको छ ।

निशुल्क हितग्राही खाता खोल्ने अभियान सीमित अवधिका लागि मात्र लागू हुने क्यापिटलले जनाएको छ ।

डिम्याट खाता खोल्न चाहने लगानीकर्ताले एनआईबिएल एस क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाट र यसको सबै शाखा कार्यालयहरु तथा नेपाल इन्भेष्टमेन्ट बैंकको शाखाहरुबाट पनि खोल्न सकिने जनाइएको छ ।

मर्चेन्ट बैंकिङ्ग कम्पनीहरुमध्ये एनआईबिएल एस क्यापिटल सबैभन्दा धेरै डिम्याट खाता खोल्ने सफल कम्पनी हो।

हितग्राही खाता सञ्चालनको वार्षिक शुल्क भुक्तानीका लागि क्यापिटलले खल्ती मोवाइल वालेटसँग सहकार्य गरेको छ। यससँगै सो वालेटबाट समेत डिम्याट खाताको वार्षिक शुल्क भुक्तानी गर्नसक्ने व्यवस्था भएको छ। 

ग्राहकहरुको सुविधाका लागि क्यापिटलले कल सेन्टरको सुरुवात गरेको गरेको छ भने अन्य थप सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने प्रतिवद्धता समेत जनाएको छ।