सनराइज फर्स्टको इकाई नेप्सेमा सूचीकृत, आइतबारदेखि दोस्रो बजारमा कारोबार खुल्ने

0
Shares

सनराइज म्युचुअल फण्ड अन्तर्गत निष्काशनमा ल्याएइको सनराइज फर्स्ट म्युचुअल फण्डको ८ करोड ६० लाख इकाई नेप्सेमा सूचीकृत भएको छ।  फण्डका १० करोड इकाई बिक्रीमा आएकोमध्ये एक करोड ४० लाख इकाई बिक्री भएको थिएन।

सनराइज फर्स्टको १० करोड इकाई गत असोज ८ गतेदेखि कात्तिक ७ गतेसम्म बिक्रीमा ल्याइएको थियो। सो मध्ये रितपूर्वक आवेदन दिने आवेदकहरुलाई ८ करोड ६० लाख इकाई कात्तिक १९ गते मंगलबार बाँडफाँड गरिएको थियो।

सो अवधिमा योजनाले १० रुपैयाँ अंकित दरको १० करोड कित्ता इकाई बिक्रीमा ल्याएकोमा १ करोड ५० लाख इकाई कोष प्रवर्धक सनराइज बैंकलाई सुरक्षित राखेको थियो। कोष प्रवद्र्धकलाई छुट्टाइएको बिज पूँजीको १ करोड ५० लाख इकाई र सर्वसाधारण लगानीकर्तालाई ७ करोड १० लाख इकाई बाँडफाँड गरिएको थियो।

सनराइज म्युचुअल फण्डले निष्काशनमा ल्याएको सनराइज फर्स्ट उक्त दश वर्षे बन्दमुखी प्रकृतिको योजना हो। योजनाको इकाई बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।

कोषको इकाईमा लगानी गर्ने इकाइधनीहरुलाई पहिलो वर्ष १० प्रतिशतसम्म, दोस्रो र तेस्रो वर्षमा १२ प्रतिशत, चौंथो र पाँचौं वर्षमा १४ प्रतिशत, छैटौं र सातौं वर्षमा १६ प्रतिशत र आठौं र नवौं वर्षमा १८ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ। कोषले औसत रुपमा वार्षिक लाभांश १४ प्रतिशतसम्म लाभांश वितरण गर्ने प्रक्षेपण गरेको छ।