स्पर्स लघुवित्तको लाभांश र मर्जरमा जाने एजेण्डा अनुमोदन

0
Shares

स्पर्स लघुवित्त वित्तीय संस्थाको तेस्रोे वार्षिक साधारण सभाले सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश र अन्य लघुवित्त वित्तीय संस्थालाई गाभ्ने तथा गाभिने वा प्राप्ती गर्ने वा प्राप्ती हुने लगायतका सम्पुर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिँदै सम्पन्न भएको छ।

पोखरा स्थित होटल बाराहीमा पुस २७ गते आइतबार सम्पन्न भएको संस्थाको सभाले चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँको १३.६८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप १३ प्रतिशतले हुन आउने १ करोड ७ लाख ८५ हजार १९० बोनस शेयर गरी संस्थाको कूल चुक्ता पूँजी वृद्धि गरी ९ करोड ३७ लाख ४८ हजार १९० पु¥याएको छ। यस्तै बोनस शेयरको कर बापतको ५ लाख ६७ हजार ६४२ नगद रुपैयाँ नगद लाभांश वितरणको लागि स्वीकृति दिएको छ।

यसैगरि सभाले वित्तीय संस्थाले एक वा एक भन्दा बढि लघुवित्त वित्तीय संस्थालाई गाभ्ने।गाभि\\ने वा प्राप्ती गर्ने वा प्राप्ती हुने लगायतका सम्पुर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने, बोनस पश्चात कायम पूँजीको १ः१ हकप्रद शेयर जारी गरी गर्ने तथा राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था बनाउनको लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए।

साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट नारायणी देवकोटा र जगन्नाथ रिजाल निर्विरोध निर्वाचित भएका छन्। वित्तीय संस्था सञ्चालक समितिका अध्यक्ष प्रा.डा. सुशिल भक्त माथेमाको अध्यक्षतामा भएको सभाले संस्थाले आव २०७५।०७६ को वार्षिक प्रतिवेदन माथि छलफल, लेखापरिक्षण प्रतिवेदन, आर्थिक बर्ष २०७६/०७७ को लागि लेखा परिक्षक नियुक्ति गरेको छ।

साधारण सभामा उपस्थित सदस्यहरुलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले स्वागत तथा शेयरधनिहरुले उठाएका प्रश्न तथा जिज्ञासाहरुको जवाफ तथा समाधान अध्यक्ष माथेमाले गरेका थिए। वित्तीय संस्थाका सञ्चालक डा. सुरेन्द्र न्यौपानेले उपस्थित सम्पुर्ण शेयरधनी महानुभावहरुलाई धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाको सहायक प्रबन्धक सुदिप आर्चायले गरेका थिए।