राष्ट्रिय वाणिज्य बैंकको ६ महिनाको नाफा २ अर्ब ५ करोड

0
Shares

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा २ अर्ब ५ करोड रुपैंया खुद नाफा गरेको छ । बैंकको ५५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारीअधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिएका हुन् ।

श्रेष्ठले २०७६ पुस मसान्तसम्म बैंकले १ खर्ब ९७ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब रुपैंया कर्जा लगानी गरेको जानकारी दिए । 

हाल देशभर बैंकका २३८ वटा शाखा कार्यालय, २०५ वटा ए.टि.एम, २८ स्थानमा एक्सटेन्सन काउण्टर, ९३ स्थानमा शाखारहित बैंकिंग सेवा संचालनमा रहेका छन् ।

आज भन्दा ५५ वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पु¥याउने उद्धेश्यका साथ स्थापना भएको वैंक देशको सातैवटा प्रदेशमा ७७ वटै जिल्लामा पुग्ने पहिलो बाणिज्य बैंक हो ।

कार्यक्रममा बैंकको ५५ औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क उपहार २०७६ विमोचन गरिएको थियो ।