घुस लिने इन्जिनियर अख्तियारको नियन्त्रणमा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग दुई लाख छब्बिस हजार घुस लिएको आरोपमा घ्याङलेख गाउँपालिका सिन्धुलीका इन्जिनियर दिलिप कुमार साहलाई नियन्त्रणमा लिएको छ ।

साहले सेवाग्राहीसँग घ्याङलेख गाउँपालिकाको बिभिन्न वडामा एचटि एलटि तथा ट्रान्सफर्म जडानको बिद्युतीकरण सम्बन्धी कार्य सम्पन्न गरी भुक्तानी लिने सिलसिलामा दुई लाख छब्बिस हजार घुस लिएको अख्तियारको भनाई छ ।

आयोगको बर्दिवास कार्यालयबाट खटिई गएको टोलीले साहलाई वि.पी. राजमार्गबाट निजको साथमा रहेको एक लाख ६० हजार र ७० हजारको दुई वटा चेक तथा नगद ३५ हजार सहित नियन्त्रणमा लिएको थियो । घुस लिने इन्जिनियर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।