आईसीआईसीआई बैंकले जुनसुकै समयमा ग्राहकलाई चेक बुक र डेबिट तथा क्रेडिट कार्ड उपलब्ध गराउने

0
Shares

निजी स्वामित्वको भारतीय आईसीआईसीआई बैंकले आफ्ना ग्राहकरुलाई सुविधा दिने उदेश्यले ग्राहकको घर वा कार्यालयको नजिकको शाखाबाट जुनसुकै समयमा (सातै दिन चौबिसै घण्टा) चेक बुक र डेबिट तथा क्रेडिट कार्ड उपलब्ध गराउने भएको छ।

आई बक्स नाम दिईएको एक युनिक सेल्फ सर्विस डेलिभरी सुविधा सुरू गर्ने घोषणा गर्दै बैंकले ग्राहकहरूलाई कुनै समस्या बिना सो सुविधा उपलब्ध गराउने जनाएको हो।

सो सेवा सुरुवात गर्दै आईसीआईसीआई बैंकका अध्यक्ष सन्दीप बत्राले भने, “हामी आफ्ना ग्राहकहरूको लागि सुविधा अभिवृद्धि गर्न सधै नवीन र पथ ब्रेकिंग बैंकिङ्ग समाधानको अग्रसरता गरिरहेका छौं। आईबक्स सुविधाले ग्राहकहरूलाई बैंकिङ्ग लिनको लागि हाम्रो प्रस्तावलाई बढाउँदछ जब उनीहरू चाहान्छन्। सातै दिन चौविसै घण्टा र छुट्टिका दिनहरूमा समेत उनीहरूले छनौट गरेको समयमा, संकलन गर्न सक्दछन्।

 

आईसीआईसीआई बैंकका ग्राहकहरूले दिनको कुनै पनि समय तथा छुट्टी सहित सबै दिनहरूमा बैंकले प्रदान गर्ने सुविधाको आफ्नो हिसाबले पहुँच प्राप्त गर्न सक्दछन्। बैंकले बैंकको शाखाको परिसर बाहिर आईबक्स टर्मिनलहरू राखेको छ जुन नियमित बैंकिङ्ग घण्टा अन्य समयमा पनि पहुँचयोग्य छ।