नेपाल बंगलादेश बैंकद्धारा मेरुदण्डीय पक्षघात समुह नेपाललाई क्याप वितरण

0
Shares


नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेरुदण्डीय पक्षघात समुह नेपाललाई क्यापहरु वितरण गरेको छ।

मेरुदण्डीय पक्षघात समुह नेपालले माघ १६ गते शहिद दिवसको उपलक्ष्यमा राष्ट्रिय शान्ति तथा सहिद पार्क र गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा ह्वीलचियर दौड प्रतियोगिताको आयोजनामा संलग्न सहभागीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले सो संस्थाका संयोजक राजेन्द्र खनाल र कोषाध्यक्ष झरना रानालाई मायाको चिनो को स्वरूप क्यापहरु हस्तान्तरण गरे।

यस्तो कार्यक्रममा सहभागिता जनाउँदा मेरुदण्डमा चोट लागि अपाङ्गता भएका व्यक्तिहरुलाई उत्प्रेरणा र हौशला बढ्ने हुँदा यस्ता कार्यक्रमहरुलाई प्राथमिक्ता दिई आगामी दिनहरुमापनि निरन्तरता दिनुपर्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।