केबलकार नि:शुल्क चढ्न जन्मदिनमा चन्द्रागिरी जाऔं

0
Shares

चन्द्रागिरी हिल्सले चन्द्रागिरी केबलकारमा जन्मदिनको दिन चढ्ने यात्रीको शुल्क नलिने जनाएको छ ।

चन्द्रागिरी केबलकारले आफ्नो जन्मदिनमा चन्द्रागिरी हिल्सको भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई निशुल्क केबुलकार चढाउने घोषणा गरेको हो ।

यो योजना अन्तर्गतको सेवा लिन पर्यटकले जन्मदिन खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु पर्ने कम्पनीले जनाएको छ ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरी डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरी डाँडालाई एकिकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।