एसबीआई बैंकको नाफामा ४१ प्रतिशतले सुधार

0
Shares

भारतको सबैभन्दा ठूलो बैंक भारतीय स्टेट बैंक (एसबीआई) ले तेस्रो त्रैमासिक अवधिमा आफ्नो नाफा ४१ प्रतिशतले बढाएको वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ । अंग्रजी महिनाको अप्रिलबाट चारतको आर्थिक वर्ष सुरु हुने गरेको छ। यसअनुसार बैंकले तेस्रो त्रैमास अर्थात डिसेम्बर अन्तिमसम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो।

बैंकले तेस्रो त्रैमासमा ५५८३ करोड भारतीय रुपैयाँ कमाएको छ। यसअघिल्लो आवको यसै अवधिमा बैंकले ३९५५ करोड नाफा कमाएको थियो। बैंकको आम्दानीको मुख्य स्रोत ब्याज आम्दानी र शुल्क तथा कमिशन आय बढेपछि खुद नाफामा बढोत्तरी देखिएको हो।

नेपाल एसबिआई बैंकले आर्जन गरेको यो नाफा त्रैमासिक अवधिमा हालसम्म आर्जन गरेको भन्दा धेरै हो। बैंकले नाफामा सुधार भएसँगै शुक्रबार बैंकको शेयरमूल्यमा २ प्रतिशत बढीको सुधार देखिएको छ।

भारतीय स्टेट बैंक ( एसबीआई ) को एक सहायक कम्पनीको रुपमा नेपालमा पनि नेपाल एबिआई बैंक सञ्चालित छ। यस बैंकमा एसबिआईको ५५ प्रतिशत शेयर स्वामित्व रहेको छ भने स्थानीय पार्टनर अन्तर्गत कर्मचारी सञ्चय कोषको १५ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व रहेको छ ।

नेपालमा सञ्चालित एबिआई बैंकले दोस्रो त्रैमास समाप्त भएपनि शुक्रबारसम्म वित्तीय विवरण सार्वजनिक गरिसकेको छैन। चालु आवको प्रथम त्रैमासमा भने बैंकको मुनाफा गत आवको यसै अवधिको तुलनामा १०.७३ प्रतिशतले घटेर ४३ करोड ७२ लाख रुपैयाँमा खुम्चिएको थियो।